नबिल बैंक र एनआईसी एसिया बैंकको सेयर बजारको अवस्था कस्तो छ ?
काठमाडौं । वाणिज्य बैंकहरुमध्ये नबिल बैंक लि. र एनआईसी एसिया बैंक लि. सेयर बजारका लगानीकर्ताको नजरमा परेको बैंकहरू हुन्। यी दुवै बैंक व्यापार विस्तारमा आक्रामक देखिएका छन। यी दुवै बैंकको मुख्य आम्दानी स्रोत व्यापारमा बैंकिङ सेवा, ब्याज आम्दानी, रेमिट्यान्स तथा क्यापिटल हुन्।
एनआईसी एसियाका देशभर ३५६ वटा शाखा, ७० वटा विस्तारित काउन्टर, ८१ वटा शाखारहित बैंकिङ सेवा र ७० वटा एटीएम छन्। यसैगरि नबिल बैंकको देशभर १३५ शाखा, १८४ वटा एटीएम र १५०० नबिल रेमिट एजेन्ट रहेका छन्।
आधारभूत आधारमा नबिल बैंक
यो बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वितरणयोग्य नाफा ४ अर्ब १४ करोड रुपैयाँ रहेको छ। सेयरपुँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको नबिलको सेयर प्रिमियम १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। नबिलको रिटेन अन अर्निङ ४ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने रिजर्भमा १५ अर्ब २ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ९ईपीएस० ३२।५४ रुपैयाँ रहेको छ । यसैगरि नबिलको प्राइस अर्निङ रेसियो ४५.२ प्रतिशत रहेको छ।
नबिलको रिटर्न अन इक्विटीमा १६ प्रतिशत र प्राइस टु बुक भ्यालु ६.११ प्रतिशत रहेको छ। नबिलको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १४७१ रुपैयाँ रहेको छ। बैंकको ५२ हप्ताको न्यून मूल्य ८६२ रुपैयाँ र उच्च मूल्य १५१९ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर कुल सम्पत्ति २०९७ रुपैयाँ रहेको छ। यो बैंकको १० वर्षको औसत आम्दानी ४५ प्रतिशत रहेको छ।
आधारभूत आधारमा एनआईसी एसिया बैंक
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनआईसी एसिया बैंकको वितरण योग्य मुनाफा १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। सेयरपुँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ।
यो बैंकको रिटेन अर्निङ १ अर्ब ९५ करोड रुपैयाँ रहेको र बैंकको रिजर्भमा ७ अर्ब १७ करोड रुपैयाँ छ। प्रतिसेयर आम्दानी (ईपीएस) २८.११ रुपैयाँ रहेको बैंकको मूल्य आम्दानी अनुपात २८.७० गुणा छ। निष्क्रिय कर्जा ०.४६ प्रतिशत, बुक भ्यालु १७८.९३ रुपैयाँ, रिटर्न अन इक्विटी १७.७१ प्रतिशत रहेको बैंकको ८ वर्षको औसत लाभांशदर २३.८३ प्रतिशत रहेको छ।
प्राविधिक रुपमा नबिल बैंक
यो बैंकको बोलिंगर ब्यान्ड साँघुरिएको अवस्थामा छ। मूल्यरेखा मध्य ब्यान्ड र अप्पर ब्यान्डको बीचमा छ। यसले यो बैंकको सेयर बुलिस नै रहेको बुझिन्छ। अन्तिम कारोबारले हरियो मैनबत्तीसहित तल लामो पुच्छर बनेकोले भविष्यमा यो बैंकको सेयरमा माग सिर्जना हुन सक्छ। ब्यान्ड साँघुरिएकोले उतारचढाव कम भएको बुझिन्छ। सेयर भोलुम हराउँदै र घट्दै गएको देखिन्छ।
एमएसीडी अन्तर्गत गत ६ अक्टोबरमा बुलिस क्रसओभर भएको छ। हिस्टोग्राम पोजेटिभ भएका छन्। आरएसआई ५१ को जोनमा रहेको छ। जुन न्युट्रल जोनमा रहेको बुझिन्छ। यो आधारमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बुझिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध १– १४८८
प्रतिरोध २– १५२७
प्रतिरोध ३– १५५१
पिभट प्वइन्ट स् १४६४
घटेमा सपोर्ट
सपोर्ट १– १४२५
सपोर्ट २– १४०१
सपोर्ट ३– १३६२
एनआईसी एसिया बैंक
यो बैंकको बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले तल्लो ब्याडलाई छोएको छ र इन्भर्टेड ह्याम्मर बनेको बनेको छ। अन्तिम कारोबारले बुलिस मारुबुजु मैन बत्ती बनेको छ। यसले भविष्यमा सेयरमूल्य बढ्ने देखिन्छ। आरएसआई ओभर सोल्ड जोन २६ मा रहेको छ। यसले जुनसुकै समयमा सेयरमा खरिदकर्ता हावी हुने देखिन्छ। एमएसीडी अन्तर्गत भने बियरिस क्रसओर नै रहेको छ र हिस्टोग्राम नेगेटिभ भएका छन्।
बढेमा प्रतिरोध
प्रतिरोध १– ८६४
प्रतिरोध २– ८८३
प्रतिरोध ३– ९०३
पिभट प्वइन्ट स् ८४८
घटेमा सपोर्ट
सपोर्ट १– ८२४
सपोर्ट २– ८०८
सपोर्ट ३– ७८५
सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।
कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ। जोखिम हुन सक्छ भन्ने लागेमा ऋण लिएर लगानी नगर्ने ।
वि.सं.२०७८ कात्तिक ६ १०:१८

















