back
prabhu insurance
himalayanlife

नेपाल बैंकद्वारा १७ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव

काठमाण्डौं । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँको कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।