नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्री शर्माबीच भेटवार्ता
काठमाडौं। अटोमोवाइल डिलर्स एशोसिएशन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधिमण्डलले आज अर्थ मन्त्री जनार्दन शर्मासँग अर्थ मन्त्रालय भेटवार्त गरेको छ।
उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेका कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६/०७७ को तुलनामा आर्थिक बर्ष २०७७/०७८ मा शतप्रतिशत वृद्धि भएको बताएका छन। चालु आर्थिक बर्षमा अझ बृद्धि हुने उल्लेख गर्दै उनले सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागि समेत आग्रह गरेका छन।
छलफलमा अध्यक्ष दुलालले मंसिर २२ गते काठमाण्डौंमा सम्पन्न हुने नाडाको आउँदो ४५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि अर्थ मन्त्री शर्मालाई अनुरोध समेत गरेका छन्।
छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्युपमेन्ट, वर्कशप टुल्स एन्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।
वि.सं.२०७८ कात्तिक २८ २०:४६




















