back
stc
prabhu insurance

सनराइज बैंकको नाफा बढ्यो

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि सामान्य वृद्धि भएको छ । खुद नाफा १३.०४ प्रतिशत बढेको हो । यस बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएपछि खुद नाफा पनि बढेको हो ।

चैत मसान्तसम्म आइपुग्दा निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । सनराइजको रिजर्भ कोष र रिटेन्ड अर्निङ शीर्षकमा पनि सुधार भएको छ । यसको कस्ट अफ फन्ड केही बढेपनि खराब कर्जामा भने केही कमी ल्याएको छ ।