back
stc
prabhu insurance

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान 

काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख ७ गते
आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. ले
सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम
मुकायम मुकर्रर हुनुभएका ७ जना बरिष्ठ अधिकृतहरुलाई उल्लेखित दर्जाको
दर्ज्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी. ले पदोन्नती हुनुभएका
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई हार्दिक बधाई दिनुकासाथै संगठनमा
रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्तभएको उल्लेख गर्नुहुँदै दर्जासँगै प्राप्तभएको जिम्मेवारी निर्वाहमा अझ बढि क्रियाशिल रहँदै कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत फौजी
अनुशासनमा राख्दै उच्च मनोबल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै
राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायत राज्यप्रदत्त
विविध जिम्मेवारीका कृयाशिल भई नतिजामूलक कार्यसम्पादनमा जुट्न निर्देशन
दिनुुभयो ।

नेपाल सरकार माननीय गृहमन्त्री स्तरको बैशाख ६ गतेको निर्णयले सशस्त्र
प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा.. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्ग तर्फ ई। प्रमोद कुमार साह त्यसैगरी सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमुहतर्फ उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समुह, कानून उपसमुह तर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा मुकर्रर हुनुभएको हो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत
सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।