आइसीएफसी फाइनान्सको नाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आइसीएफसी फाइनान्सको खुद नाफा ३०.३२ प्रतिशत ले घटेर १२ करोड ३९ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घट्दा नाफा प्रभावित भएको हो ।
साथै, खराब कर्जा बढेकाले पनि नाफा घटेको हो । एक वर्षको अवधिमा सञ्चालन नाफा ३२.०५ प्रतिशत ले घटेर १७ करोड २४ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ ।
खुद ब्याज आम्दानी ३७.९८ प्रतिशत ले बढेर ३१ करोड ६५ लाख ८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५० पैसा छ ।
वि.सं.२०७९ वैशाख ८ १३:०४



















