back
stc
prabhu insurance

सिभिल लघुवित्तको नाफा ९.६२% ले बढ्यो

काठमाडौं । सिभिल लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ९.६२ प्रतिशत ले बढेर ५ करोड २८ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफामा वृद्धि भएको हो ।

खुद ब्याज आम्दानी ५०.९१प्तिशत ले बढेर १७ करोड ६४ लाख ७ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा १५.३८ प्रतिशत ले बढेर ८ करोड १३ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा सिभिलको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ६६ पैसा छ ।