back
stc
prabhu insurance

महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैशाख २५ गते विशेष साधारण सभा

काठमाडौं । वैशाख २५ गते महालक्ष्मी लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ । सभा, होटल हुकुम दरवार कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

नियामक बिमा समितिले जीवन बिमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने व्यवस्था गरेपछि सोही अनुसार पुँजी वृद्धि प्रस्ताव राखिएको हो । अब सोही पुँजीलाई आधार मानेर आइपीओ पनि जारी गर्नुपर्ने हुन्छ । तसर्थ, सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । यस्तै, कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

जीवन बिमा कम्पनीहरुमध्ये सबैभन्दा कान्छो रहेको यस महालक्ष्मी इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।