बन्द गरियो भर्चुअल मुद्रा खरिद–बिक्री गर्ने वेबसाइट
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अनलाइन मार्फत हुने भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ र अनलाइन जुवा लगायतका वेबसाइट र एप बन्द गरेको छ ।
प्राधिकरणले एक सुचना जारी गर्दै यस्ता अनलाइन र एप नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेधका साथै यी एपहरुलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ । यस्ता अनलाइन र एपका बारेमा जानकारी गराउन प्राधिकरणले अनुरोध समेत गरेको छ ।
पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुले क्रिप्टो र हाइपर फन्ड जस्ता अवैध नेटवर्किङ व्यवसायमा लगानी बढाएपछि यसको असर रेमिट्यान्स अप्रावहमा देखिएको छ ।
वि.सं.२०७९ वैशाख १३ १४:२५



















