back
stc
prabhu insurance

प्रभु इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडौं । प्रभु इन्स्योरेन्सले सम्बन्धित सेयरधनीको डिम्याट खातामा ११ प्रतिशत बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले चैत १६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

चैत १६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको चैत ३० गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।