विद्युतीय पोल हटाउँदै सरकार
काठमाडौं । काठमाडौं उपत्यका व्यवस्थित सुन्दर सहरका रूपमा विकसित विद्युतीय पोल हटाएर तार भूमिगत गर्ने तयारीमा सरकार जुटेको छ ।
काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँमा बिजुलीको तार भूमिगत गरिएकामा अब भने पोल हटाउने तयारी भएको हो ।
विद्युत् प्राधिकरणले ६ महिनापछि विद्युतीय पोल हटाउन सुरु गर्नेछ । पोल हटाइने भएपछि इन्टरनेट, केबललगायत तार ‘कसरी व्यवस्थापन गर्ने रु’ भनेर चासो व्यक्त गर्न थालिएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतका पोलमा झुन्ड्याइएका विभिन्न निकायका तार व्यवस्थित गर्ने विषय गम्भीर रहेको भन्दै ‘समयमै यो विषय सहज रूपमा समाधान गर्नुपर्ने’मा जोड दिन्छन् ।
काठमाडौंमा तार भूमिगत गर्दा तीनवटा फाइबरसहितको ‘डक्ट’ राखेको जनाउँदै उनले ‘यसको प्रयोग कसरी गर्ने रु’ भन्ने’दयगत समन्वय र छलफल जरुरी रहेको औंल्याए ।
काठमाडौं उपत्यकाभित्र तार भूमिगत गर्न करिब १५ अर्ब खर्च गरिसकेको प्राधिकरणले काठमाडौंमा विभिन्न स्थानमा विद्युतीय तार भूमिगत रूपमा बिछ्याउँदै आएको छ ।
तार बिछ्याउनेक्रममा सडकपेटीमा ठूलाठूला बाकस राख्दा पैदलयात्रुले सास्ती खेपिरहेका छन् । तार भूमिगत गर्नेक्रममा ढिलासुस्तीसमेत हुने गरेको गुनासो यात्रुको छ ।
प्राधिकरणले अहिले तीन प्याकेजमा तार भूमिगत कार्य भइरहेको जनाएको छ । महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत काम जारी छ ।
त्यस्तै, बानेश्वर, कुलेश्वर, बालाजु, कीर्तिपुर र जोरपाटी केन्द्रको काम भइराखेको छ भने तेस्रो प्याकेजमा भक्तपुर तथा ललितपुरमा तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
सडक अस्तव्यस्त
विद्युत् प्राधिकरणको तार भूमिगत कार्य र मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कामले काठमाडौं उपत्यकाको सडक भने अस्तव्यस्त बनेको छ ।
तार–पाइपका लागि सडक खन्ने तर समयमै निर्माण नगरेका कारण उपत्यकाका अधिकांश ठाउँमा सडक भद्रगोल अवस्था छ ।
प्राधिकरण र आयोजनाले भने ठेकेदार कम्पनीले समयमै सडक निर्माण नगर्दा कतिपय ठाउँमा समस्या रहेको बताउने गरेको छ ।
सडक भत्काएर अलपत्र छाडिँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे अवस्था सामना गर्न यात्रु तथा स्थानीय बाध्य छन् । आजको राजधानी दैनिकबाट
वि.सं.२०७९ असार १९ ०८:२१



















