back
stc
prabhu insurance

गठबन्धन गरेर चुनावमा जान महन्थ ठाकुरलाई ओलीको प्रस्ताव

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) का अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ।

काठमाडौँमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिनपनि पार्टीका नेताहरुसँग राय मागेका छन्।

‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उदृत गर्दै एक नेताले भने।

उनका अनुसार सो विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको भनिए पनि कहिले भेट भएको होरु सो भने खुलाएका छैनन्।

लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विद्यान मस्यौंदा संसोधन सहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रीय समितिलाई पूर्णता दिने, संगठन सुदृढीकरणदेखी आगमी निर्वाचनको तयारीसम्मका विषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रिय कार्यकारिणी बैठक जारी छ।