बीमा समितिको अनुमतिले आइएमई जनरलको सिइओमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिए
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिएका छन् ।
कम्पनीको सञ्चालक समितिले बादे श्रेष्ठलाई पुनः अर्को कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले आजै उनको कार्यकाल दोहोर्याउने अनुमति दिएको बीमा समितिका निर्देशक दिनेशलाल कर्णले जानकारी दिए ।
बादे श्रेष्ठको कार्यकाल आगामी साउन २३ गतेदेखि सकिदैछ । वादेलाई कम्पनीले २०७५ साउन २३ गतेदेखि लागु हुने गरी पहिलो पटक सिइओमा नियुक्त गरेको थियो ।
बादे श्रेष्ठ तत्कालिन समयमा का.मु प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनको चार वर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न हुनु भन्दा अगाडी नै अर्को कार्यकालका लागि पुनः नियुक्त गरेको हो । बादे श्रेष्ठ आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत हुने छन् । बादे श्रेष्ठ तीन दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन् ।
वि.सं.२०७९ असार २२ २०:४५




















