back
stc
prabhu insurance

डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं । डिप्रोक्स लघुवित्तको १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (असार २३ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ निर्धारण गरिएको छ । आवेदनकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामी सेयरको आवेदन असार २४ गते बिहान १० बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।