back
stc
prabhu insurance

जगदम्बा मोटर्सले मनसुन एक्सचेन्ज अफर ल्यायो

काठमाडौँ । नेपालका लागि प्रोटोन मोटर्सको एकमात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले मनसुन एक्सचेन्ज अफर ल्याएको छ । काठमाडौँको गैरीधारास्थित आफ्नो शोरुममा आयोजित एक कार्यक्रम मार्फत जानकारी गराएको हो ।

एक्सचेन्ज क्याम्प २३ असार देखि २७ असार सम्म चल्नेछ । यो योजना अन्तर्गत ग्राहकहरुले गैरीधाराको प्रोटोन शोरुममा उपलब्ध विविन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

एक्सचेन्ज इभेन्टमा ग्राहकले स्पोट एक्सचेन्ज सुविधा,पुराना सवारी साधनको तत्काल मूल्याङ्कन, २० प्रतिशत डाउन पेमेन्ट सुविधा, एक्सचेन्ज वोनस, निशुल्क बिमा र एक महिनाको लागि निशुल्क सडक कर प्राप्त गर्नेछन् ।

यस बाहेक ग्राहकहरूले टेस्ट ड्राइभमा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन्।