एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३२० रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको ८।५०५ बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
सभा प्रयोजनका लागि यसले आज असार २८ गते मंगलबार बुक क्लोज गरेको छ । यसआधारमा सोमबार असार २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
बैंकले साउन ९ गते साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ होटल, विर्तामोड झापामा बिहान ११ बजेबाट सुरु हुनेछ । एक्सेलले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८।५०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
वि.सं.२०७९ असार २८ ०८:५८




















