प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । मन्त्रिपरिषद्को २०७९ गथ श्रावण १९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी निरज पौडेललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले २०७९ श्रावण २३ गते जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
पदोन्नती हुनु भएका उपरथी श्री सागर बहादुर थापा श्री कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।
सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती हुनु भएका ३ (तीन)जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका ५ (पाँच) जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।

वि.सं.२०७९ साउन २३ १८:२०




















