back
stc
prabhu insurance

लक्ष्मी लघुवित्तको वितीय विवरण सार्वजनिक

काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वितीय विवरण सार्वजनिक गरेको छ । समीक्ष अवधिसम्म संस्थाले १६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा अघिल्लो वर्षको भन्दा १८.४८ प्रतिशत कम हो । अघिल्लो वर्ष यसले १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३.४० प्रतिशतले बढेको छ तर सञ्चालन नाफा भने १७।४७ प्रतिशतले घटेको छ । सञ्चालन नाफा घट्नाले पनि खुद नाफामा प्रभाव परेको हो ।

यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । लक्ष्मीको चुक्ता पुँजी २० प्रतिशतले बढेको छ । रिजर्भ कोषमा भने २.४६ प्रतिशतको गिरावट आएको छ ।

यसको रिजर्भमा १६ करोड ४१ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा अनुपात ३.२७प्रतिशतबाट थोरै घटेर ३.२१ प्रतिशतमा झरेको छ ।

यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७५ पैसाले घटेर ४१ रुपैयाँ ८५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २२० रुपैयाँ ५६ पैसा रहेको छ ।