मर्जर पछि हिमालयन एभरेष्टको शेयर ५०९ रुपैयाँमा कारोबार
काठमाडौं । हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सफल मर्जर पछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार ५०९.६० रुपैयाँमा भएको छ ।
नेप्सेले ओपनिङ प्राइस ५१०.४८ रुपैयाँ दिएको थियो । तर पहिलो कारोबार सँगै कम्पनीको शेयर मूल्यमा लगातार गिरावट भइरहेको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको कारोबार रोक्का हुनुभन्दा अगाडी ५२० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर ५०० रुपैयाँमा कारोबार भएको थियो । हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स विचमा एक बराबर ०.८५ को अनुपातमा मर्जर हुँदा एभरेष्ट इन्स्योरेन्सका शेयरधनीको १५ प्रतिशतले शेयर संख्या घटेको छ ।
कम्पनीका शेयरधनीहरुले तीन महिना चार दिन पछि दोस्रो बजारमा कारोबार गर्न पाएका छन् । दुई कम्पनीको शेयर कारोबार पछिल्लो समय बैशाख २२ गते भएको थियो ।
वि.सं.२०७९ साउन २५ ११:२०



















