back
stc
prabhu insurance

भारतबाट पाँच हजार मेट्रिक टन रासायनिक मल आयो

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल ९युरिया० विभिन्न जिल्ला पठाउन थालिएको छ ।

पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।

दुई चरणमा गरी भारतबाट वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकता अनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए ।

अन्य बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ । उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा आउने योजना छ ।

वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले मधेस प्रदेश सहित काठमाडौँ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्की लगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ ।

विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिने छ ।

उक्त रासायनिक मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह ९ड्राइपोर्ट० नाका हुँदै नेपाल भित्रिएको हो ।

नेपाल सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको थियो ।

ओमानबाट नेपालको लागि आयात गरिएको मल पानी जहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकत्ता बन्दरगाहमा आउने र त्यहाँबाट रेलबाट वीरगञ्जस्थित ड्राइपोर्टमा ढुवानी हुँदै आएको छ ।