साना किसान लघुवित्तको खुद नाफा १७.४५% ले बढेर ७० करोड पुग्यो
काठमाडौं । साना किसान लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७० करोड ८३ लाख २९ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा १७.४५ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्ष ६० करोड ३१ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १०.६८ प्रतिशत र सञ्चालन नाफा १६.३९ प्रतिशतले बढेपछि खुद नाफामा पनि सुधार भएको हो ।
साना किसानको चुक्ता पुँजी २५ प्रतिशतले बढेको छ । रिजर्भ कोषमा पनि १५।०१ प्रतिशत सुधार हुँदै १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको खराब कर्जा ०.६८ प्रतिशत मा सीमित छ । यता, खुद नाफामा सुधार भएपनि पुँजी वृद्धिको अनुपात बढी हुँदा प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ८६ पैसाले घटेर ४५ रुपैयाँ २८ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २६६ रुपैयाँ ८ पैसा छ ।
वि.सं.२०७९ साउन २६ ०८:१५

















