back
stc
prabhu insurance

बैंक अफ काठमान्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमान्डूको ऋणपत्रमा आवेदन दिने आज भदौ ७ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले भदौ २ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसबाट सामूहिक लगानी कोषलाई ५ प्तिशत छुट्याएको छ । यसआधारमा सामूहिक लागानी कोषहरुले कुल २२ हजार इकाई पाउनेछन् ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बैंकले ७ वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।