back
stc
prabhu insurance

आज पनि महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज बुधबार पनि बस्दैछ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बुधबार दिउँसो २ बजे बस्ने लागेको हो ।

मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ ।

समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगबारे अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको हो ।

२०७८ को फागुन १ मा ९८ जना प्रतिनिधि सभा सांसदहरुले जबराबिरुद्ध महाअभियोग दर्ता गराएका थिए । उक्त प्रस्ताव २०७८ फागुन २९ मा प्रतिनिधि सभा बैठकमा पेश भएको थियो ।

प्रतिनिधि सभाले २०७९ श्रावण २२ मा जबराबिरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।