back
stc
prabhu insurance

भदौ ३० गते नेपाल पुनर्बिमा कम्पनीको सातौं वार्षिक साधारण सभा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भदौ ३० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई ५५ बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

सभा प्रयोजनार्थ कम्पनीले भदौ १९ गते बुक क्लोज गर्दैछ । भदौ १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।