back
stc
prabhu insurance

राष्ट्रपतिद्वारा महिला चिकित्सकलाई सम्मान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरूलाई सम्मान गरेकी छन्।बिहीवार राष्ट्रपति कार्यालयमा कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन्।

नेपाल चिकित्सक सङ्घको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन्।

सङ्घले गत वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको थियो। वुमन इन मेडिसिन अवार्ड पाउनेहरूमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मीनानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह छन्।

त्यस्तै वुमन इन मेडिसिन लाइफटाइम अवार्ड पाउनेहरू विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ लगायतका चिकित्सक छन्।