back
stc
prabhu insurance

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने समय भदौ ३१ गतेसम्म लम्बियो

काठमाडौं । कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि लम्बिएर भदौ ३१ गतेसम्म पुर्याइएको हो ।

कुमारीले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तथा बाँकी १२ लाख युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसबाट सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ ।

सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक ११% ब्याजदर पाइनेछ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।