back
stc
prabhu insurance

बरुण हाइड्रोपावरको आइपीओ भर्ने म्याद भदौ २६ गते आइतबारसम्म

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले भदौ ६ गतेदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद भदौ २६ गते आइतबारसम्म रहेको छ ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । यसअघि बिक्री प्रबन्धकले गतल तथ्यांक राखेपछि केही समयका लागि हकप्रद स्थगित गरिएको थियो ।

तर उक्त समस्या समाधान भइसकेकाले पुनः हकप्रद बिक्री सुचारु भएको हो । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ दरले  कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो । साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ ।

हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।