‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’का विजेतालाई पुरस्कार हस्तान्तरण
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिद्धारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।
सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई ष्द्दण् जित्ने मौका पाएका थिए ।
‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफरको विजेताको घोषणा लक्की ड्र मार्फत यही भदौ ९ गते गरिएको थियो । ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका थिए ।
वि.सं.२०७९ भदौ २२ ०६:४०




















