सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति घोषणा
काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले बुक क्लोजको मिति तय गरेको छ । फन्डले भदौ २९ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।
तसर्थ, भदौ २८ गतेसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ ।
यस आधारमा फन्डले नगद लाभांशमा १० करोड ३२ लाख रुपैयाँ खर्च गर्नेछ । यस फन्डलाई सनराइज बैंकले प्रवर्द्धन गरेको छ ।
वि.सं.२०७९ भदौ २२ ०८:१०



















