back
stc
prabhu insurance

आज एनआइबीएल प्रगति फन्डको नगद लाभांश सुरक्षित गर्ने अन्तिम 

काठमाडौं । एनआइबीएल प्रगति फन्डको ४.२० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार भदौ २८ गते अन्तिम दिन हो ।

लाभांश वितरण प्रयोजनको लागि फन्डले बुधबार भदौ २९ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।

फन्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.२० प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ ।

यस आधारमा फन्डले नगद लाभांशमा ३ करोड १५ लाख रुपैयाँ खर्च गर्नेछ । यस फन्डलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवर्द्धन गरेको छ ।