back
stc
prabhu insurance

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

काठमाडौं । सानिमा इक्विटी फन्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ । क्यापिटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले इक्विटी फन्डका इकाईधनीहरुलाई २२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

यसले आर्थिक वर्ष २०७७/७८ मा भने ३३प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक यो फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।

यसले लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरिसकेको छैन् ।