back
stc
prabhu insurance

बीओके क्यापिटलको कात्तिक ४ वार्षिक साधारण सभा

काठमाडौं । कात्तिक ४ गते बिओके क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

साधारण सभामा कम्पनीले ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, कम्पनीले १ करोड २१ लाख ५९ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।