रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । रु रु जलविद्युत परियोजनाको १०.५२प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज २६ गते बुधबार अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि बिहीबार असोज २७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३प्रतिशत नगद लाभांश दिन लागेको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न यसले कार्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ ।
आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । साधारण सभा बानेश्वर ब्याङ्केट, थापा गाउँ, नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
वि.सं.२०७९ असोज २६ ०७:३५

















