back
stc
prabhu insurance

मंसिर १६ गते मेगा क्यापिटलको वार्षिक साधारण सभा

काठमाडौं । मंसिर १६ गते मेगा क्यापिटलले वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
साधारण सभा फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौंमा दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले २४.५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । जसअनुसार कम्पनीले ४ करोड ९० रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साथै, सभाले अन्य कुनै मर्चेन्ट बैंकसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।