back
stc
prabhu insurance

मिथिला लघुवित्त वित्तीय संस्थाको नाफामा  गिरावट

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले ४२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको भन्दा ७८.५९ प्रतिशतले थोरै हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज ससान्तसम्म सञ्चालन नाफा घटेर ५३ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा २ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी पनि ३०.६४ प्रतिशतले घटेर २ करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घट्नाले यसको खुद नाफा प्रभावित बनेको हो ।

असोजसम्म कम्पनीले २ अर्ब २४ करोड ६८ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ भने ७४ करोड ६ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ ।

लघुवित्तले १३ लाख रुपैयाँ राइट ब्याक गरेको छ । हाल मिथिलाको चुक्ता पुँजी १७ करोड ४ लाख ३७ हजार रुपैयाँ छ ।

जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ४१ पैसाले घटेर १० रुपैयाँमा झरेको छ ।

संस्थाको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ३७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर ४.९७ प्रतिशत पुगेको छ ।