गरिमा विकास बैंक लिमिटेडले १४.५० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडको २०७९ कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. ४,५९,०८,७३,५०१.८९ को १३.०० प्रतिशत बराबर बोनस शेयर बापत रु. ५९,६८,१३,५५५.२५ र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) रु. ६,८८,६३,१०२.५३ गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु. ६६,५६,७६,६५७.७८ लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने बैंकले छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्र्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

वि.सं.२०७९ कात्तिक २५ १०:११




















