back
stc
prabhu insurance

सामुदायिक द्धारा ५८ युनिट रगत सङ्कलन

पोखरा । सामुदायिक सेवा एंव सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्बीचोकको २२ औ बाषिक साधा्ण सभाको अवसरमा तीबी वसिय कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत गरिएको रत्तदान मा ५८ युनिट रगत सङ्कलन भएको छ ।

सो कार्यक्रमको शुभाराम्भ गदै पहिलो रक्तदाता कुल प्रसाद लामिछाने र सुदिप श्रेष्ठ लाई बलड ब्याग वितरण गदै , स्थानिय समुदाय संग प्रहरी सहकार्य कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताए ।

कार्यक्रममा रक्तसंचार केन्द्रका प्रबिधिक महेन्द्र के सी ले मानिसलाई लान्ने क्यान्सर , किडनी र रगत नै चाहिने रोगहरुमा रगत को बिकल्प नभएकोले रगतको महत्व बढी भएको र ब्लड पेशर थाइराइड रोगिहरुले समेत नियामित रगत दिन सकिने बताए ।

केन्द्र का अध्यक्ष धर्मदत्त आचार्यको सभापतित्वमा भएको कार्यक्रममा सृजना बिकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा ,पूर्व अध्यक्ष चिरन्जिवी श्रेष्ठ , माटेपानी केन्द्रका अध्यक्ष मिरा आचार्य , बगर केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारी, उपाध्यक्ष कमल श्रेष्ठ ,सचिव उत्तम जोसी , प्रगती आमा समुह का कुल मामा क्षेत्री ,कृषि संन्जालका बिमला रानाभाट ,पूर्व सह सचिव मुना कुमारी बास्तोला , लगायतले रत्तदानको महत्व माथि आफ्नो भनाइ राखेका थिए ।