नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ह्वातै बढेको छ । गत वर्ष ७० लाख ३३ हजार रुपैयाँ रहेको खुद नाफा यो वर्ष १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
नोक्सानीको लागि व्यवस्था रकम घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढेको हो ।
गत वर्ष ७७ करोड ८० लाख ४४ हजार रुपैयाँ नोक्सानीको लागि व्यवस्थामा छुट्याएकोमा यो वर्ष यो रकम १ करोड ७१ लाख ७२ हजार रुपैयाँमा आएको छ ।
यसअवधिमा जीवन बिमा कोषको आकार भने १९.६४ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
खुद बिमा शुल्क आर्जन १.९७ प्रतिशतले बढेर ९९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । कम्पनी यो त्रैमासमा प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ १७ पैसाले बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा छ ।
वि.सं.२०७९ कात्तिक २९ ०७:२०



















