प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङबीचको एक्विजिसन प्रक्रिया भंग
काठमाडौं । प्रभु बैंक लिमिटेड र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको एक्विजिसन प्रक्रिया भंग भएको छ ।
प्रभु बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई एक्वायर गर्ने सम्बन्धमा अघि बढाइएका सम्पूर्ण प्रक्रिया अन्त्य गर्ने निर्णय गरेको हो ।
क्यापिटल मर्चेन्टले एक्विजिसन सम्बन्धी सबै प्रक्रिया स्थायीरुपमै स्थगित गरी संयुक्त मर्ज तथा एक्विजिसन समितिसमेत भंग गर्न अनुरोध गरेपछि उक्त निर्णय गरिएको प्रभुले जानकारी गराएको छ ।
यी दुई संस्थाबीच २०७८ भदौ १७ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

वि.सं.२०७९ मंसिर ११ १०:५७




















