back
stc
prabhu insurance

नेशनल लाइफको ३४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्तवार्षिक साधारण सभा केन्द्रिय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा कम्पनीले लाभांश सहितका प्रस्तावहरु पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक पारित गरेको छ ।

कम्पनीले गत भदौ २७ गते आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभाले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो ।

कम्पनीले कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अनुमोदन भएको छ ।

प्रस्तावित बोनश शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको थियो। त्यसकारण मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।