back
stc
prabhu insurance

नेपाल धितोपत्र बोर्डले मोलुङ हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्ने अनुमति दिएको छ ।

बोर्डले मोलुङलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।