back
stc
prabhu insurance

भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध

काठमाडौं । छिमेकीमूलुक भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष लम्ब्याउने निर्णय गरेको छ ।

आन्तरिक बजारमा चिनीको उपलब्धतालाई सहज बनाउन र मूल्य नियन्त्रण गर्न सन् २०२३ को अक्टोबरसम्म निर्यात प्रतिबन्ध कायम राख्ने भारत सरकारले निर्णय गरेको जनाएको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले आगामी वर्ष अक्टोबर ३१ सम्म प्रतिबन्ध कायम रहने जानकारी गराएको छ । यद्यपि, (सिएक्सएल र टीआरक्यू) कोटा अन्तर्गत निर्यात हुने चिनीमा प्रतिबन्ध लागू नहुने पनि जनाएको छ ।

बढ्दो मुद्रास्फीतिबीच उपभोग्य सामाग्रीको मूल्य घटाउन भारतीय सरकारले विभिन्न कदम चाल्दै आएको छ ।

गत जुन १ देखि यही अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाइएको थियो । सबैभन्दा बढी चिनी उत्पादन गर्ने र विश्वमा दोस्रो ठूलो निर्यातकर्ता मुलुक रहेको भारतको यो निर्णयले नेपाल लगायत अन्य मुलुकमा चिनीको हाहाकार हुने सम्भावना बढेको छ ।

गत आर्थिक वर्ष सरकारले भन्सार छुटमा चिनी आयात गर्न साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेडलाई आयात अनुमति नदिदा बजारमा रू. ७० मा पाउने चिनीको मूल्य बढेर अहिले रू. १०० देखि रू.११० सम्म पुगेको छ। भारतको यो निर्णय कायम रहेमा अरू मुल्य बढने सम्भावना हुनेछ।