प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स मर्ज हुने
काठमाडौं । तीन वटा जीवन बिमा कम्पनीहरुले एकआपसमा मर्जर जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले मर्जरमा जाने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
यी कम्पनीले मर्जर पश्चात् हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार गर्ने सम्झौता गरेका छन् ।
कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थानमा हुनेछ । त्यस्तै कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुनेछ भने सिइओ मनोज लाल कर्ण हुनेछन् ।
त्यस्तै गुराँस लाइफका सिइओ र प्राइम लाइफका कामु सिइओ डेपुटी सिइओको हुने सहमती भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास आनुसार प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, गुराँस लाइफको २ अर्ब ८ कारोड र युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । मर्जरपछि कुल चुक्ता पुजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।
वि.सं.२०७९ माघ २ ०७:५७



















