नेरुडे लघुवित्त वित्तीय संस्थाको माघ २८ गते वार्षिक साधारण सभा
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगर–२ मा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २२ प्रतिशत बोनस सेयर र सोको कर तिर्न १.१५७९ प्रतिशतनगद लाभांश गरी जम्मा २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि संस्थाले माघ १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १६ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ माघ २ ०९:४२



















