back
stc
prabhu insurance

नेपाल धितोपत्र बोर्डले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुन  स्वीकृति दिए

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई एकआपसमा मर्जरमा जान नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले गत फागुन २ गते एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धीमा पूर्व स्वीकृतिका लागि बोर्डमा आवेदन दिएका थिए ।

बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ अनुसार दुबै कम्पनीलाई पूर्व स्वीकृति प्रदान गरेको हो ।

बिमा प्राधिकरणले फागुन १७ गते दुबै कम्पनीलाई मर्जरमा जान पूर्व स्वीकृति प्रदान गरेको छ । माघ २७ गते दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुई कम्पनीबीच प्रारम्भिक सहमति अनुसार १ः१ स्वाप रेसियोमा मर्ज हुने सहमति भएको छ ।