back
prabhu insurance
himalayanlife

म्यानचेस्टर युनाइटेड ४–१ को जीतसँगै प्रि क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि(क्वाटरफाइनलमा पुगेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।

युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए।

खेलको छैटौं मिनेटमा नै रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो तर ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफको ५२औं मिनेटमा एन्टोनीको गोलमा २–१ ले अघि बढेको युर्नाटेड ५८औं मिनेटमा फर्नान्डेसको गोलमार्फत ३–१ को अग्रता लिन सफल भयो। ८२औं मिनेटमा वोउट वेगह्रस्टले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए।