आज सबैको लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा
काठमाडौं । सभा आज फागुन २६ गते सबैको लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण हुने भएको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा आयोजना गर्ने जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १८ प्रतिशत बोनश शेयर र ०.९५ प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/ ७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।
वि.सं.२०७९ फागुन २६ ०७:१५



















