back
stc
prabhu insurance

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम दिन हो ।  यस संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १५ गते बुक क्लोज गर्दैछ ।

त्यसैले यो कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ । नयाँ सारथीले चैत २८ गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको सभा होटल जुगल धुलिखेल काभ्रेपलाञ्चोकमा दिँउसो १ बजे सुरु हुनेछ ।

साधारण सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

त्यस्तै, नयाँ सारथी र विजय लघुवित्तबीच हुने मर्जर प्रक्रियालाई पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ । १ः१ अनुपातमा स्वाप रेसियो पारित गर्ने एजेन्डा छ ।

दुई लघुवित्त मर्ज भएपछि सेयर पुँजी संरचना परिपर्तन हुने भएकाले वित्तीय संस्थाको अधिकृत पुँजी, जारी पुँजी तथा थप सार्वजनिक निष्कासन (एफपीओ) सहित चुक्ता पुँजी वृद्धि प्रस्ताव पारित गर्ने एजेन्डा पनि छ ।