एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको प्रस्ताव गरेको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज चैत्र १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १० औँ बार्षिक साधारणसभा वैशाख १५ गते पोखरामा हुनेछ ।
सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७/र०७९ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गरिन्छ ।
वि.सं.२०७९ चैत १६ ०७:०५




















