back
stc
prabhu insurance

चीनको राजधानी बेइजिङमा उच्च वायु प्रदूषण

चीनको राजधानी बेइजिङमा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी भएको छ। बेइजिङको चेतावनी प्रणालीमा दोस्रो ठूलो अरेन्ज अलर्ट, शहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ ।

आज मङ्गलवारदेखि बिहीवारसम्म आपत्कालीन उपायहरूको शृङ्खला लागू गरिने बेइजिङ महानगरको पर्यावरण र वातावरण ब्युरोलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जस अन्तर्गत धेरै प्रदूषण फैलाउने गाडीमाथि अनिवार्य यातायात प्रतिबन्ध लाग्ने छ ।

ब्युरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अरू मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ । ब्युरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुँवा देखिएको बताएको छ ।